बेलौरी – कञ्चनपुर टि– ट्वान्टी क्रिकेटमा खप्तड इण्डोर स्पोर्टस सेन्टर महेन्द्रनगर र मालिकार्जुन हार्डवेयर अत्तरिया सेमिफाईनल प्रवेश गरेका छन । आज भएको क्वाटरफाईनल खेलमा दुवै टिम विजय हुद पहिलोै सेमिफाईनल प्रवेश गरेका हुन । पहिलो खेलमा खप्तड ईण्डोरले न्यु पृथ्वी युवा क्लबलाई १ विकेटले हराएको हो ।
टच जितेर पहिले ब्याटिङ गरेको न्यू पृथ्वी क्लबले २० ओभरमा ६ विेकेट गुमाउदै १२० बनाएको थियो । १२१ रनको लक्ष्य पाएको खप्तड ईण्डोरले १९ दशमलव २ बलमा ९ विेकेट गुमाउदै १२३ रन बनाएको हो । उक्त खेलमा किरन चन्द म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै दोस्रो खेलमा मालिमार्जुन हार्डवेयर अत्तरियाले राईजिङ स्टार टिकापुरलाई ९ विकेटले पराजित गरेको हो । टच जितेर पहिले ब्याटिङ गरेको टिकापुरले १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य पाएको अत्तरियाले ५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । उक्त खेलका म्यान अफ द म्याच अभिसेक पाल भएका थिए ।
भोली पनि दुई क्वाटर फाईनल खेल हुने छ । पहिलो खेल बिहान ९ बजेदेखि आयोजक सी र सुप्रिया सुपरफास्ट भुडाबिच हुने छ । त्यसै गरी दोस्रो खेल दिउसो १ बजे श्री केदार अटो वर्कसप कलकत्ता र सुप होस्टेल धनगढी बिच हुने छ । दुबै खेलका विजेता टिम दोस्रो सेमिफाईनल खेल खेल्ने छन ।
दुबै सेमिफाईनल खेल कार्तिक २ गते हुने छ ।