अत्तरिया- कञ्चनपुरमा भन्सार छलीको सामान फेला परेको छ । मंगलबार प्रहरीले एक लाख २६ हजार ७८० मूल्य बराबरको भन्सार छलीका सामान फेला पारेको हो ।

अस्थायी प्रहरी बिट भाँसीले ५९ हजार ३ सय र अस्थायी प्रहरी बिट सुकासालले अन्दाजी ६७ हजार ४८० मूल्यको भन्सार छलिको घाँसको, मेथीको बिउ, चिनि, खानेतेल, मीठाइ अन्य किरानाका सरसामान फेला पारेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


उक्त सामानहरु कानुन बमोजिम बरामद गरी थप कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले बताएको छ ।
















