खाेज्नुहाेस

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

Image

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ।

navjiwan hospital

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा  नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

attariya hospital

पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताए।