अभिनेता गोविन्दालाई लाग्यो गोली

काठमाडौँ- बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई आफ्नै पेस्तोलबाट गोली लागेको हो ।

Karma Consultancy
belauri nagarpalika

मंगलबार खुट्टामा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ । चिकित्सकले गोली निकालिसके पनि गोविन्दा हाल अस्पतालमै रहेका बताइएको छ ।

citizen security services

गोविन्दाका मेनेजरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो । उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.