
काठमाडौँ- बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १९२ पुगेको छ । ३० जना अझै बेपत्ता रहेका र १९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोपछि खोज, उद्धार तथा राहतका लागि सबै सुरक्षा निकाय परिचालित भएका जनाइएको छ । त्यस्तै, अहिलेसम्म करिब ४ हजार ५ सयभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।


















