काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


यसअघि उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । उनीमाथि चरित्र हत्या गरेको आरोप छ ।
















