खाेज्नुहाेस

भारतका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

Image

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो ।

navjiwan hospital

मोदीले गएको अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका मोदी र जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध र युक्रेनको अवस्थाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

attariya hospital

मोदीले युक्रेनमा भइरहेको सङ्कटलाई वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहना रहेको बताएको बीबीसी हिन्दीले लेखेको छ । पछिल्लो समय भारतको हतियार युक्रेनले रुसविरुद्ध प्रयोग गरेको भन्ने समाचार आएपछि उनीहरूको भेटलाई नजिकबाट हेरिएको छ । तर भारतले यस विषयको खण्डन गरिसकेको छ ।