एजेन्सी- प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन सुरु भएको छ ।

रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले ढाकामा रहेका क्याम्पस र वरपरको क्षेत्रहरूमा प्रदर्शन गरेका थिए । जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले क्याम्पस परिसर बन्द गरेका थिए ।

हिजोदेखि क्याम्पसहरुमा फेरि कक्षा भरिन थालेका र विश्वविद्यालय परिसरमा विद्यार्थी, शिक्षक र कर्मचारीको चहलपहल बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसअघि हसिना समर्थित प्रशासकहरूले राजीनामा दिएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा सुरु भएको समाचारमा उल्लेख छ ।


















