खाेज्नुहाेस

चक्रवात ‘यागी’का कारण म्यानमारमा २ सय जना बढीको ज्यान गयो

Image

एजेन्सी- चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर दुई सय जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै बेपत्ता रहेका बताएको छ ।

navjiwan hospital

यागी यस वर्ष एशियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो । भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा गरेर सेप्टेम्बरको शुरूदेखि नै आँधीका कारण पाँच सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

attariya hospital

यागी आँधीका कारण म्यानमारका धेरै गाउँमा अहिले पनि बाढी, पहिरो र डुबानको अवस्थामा रहेकाले पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घले चक्रवात यागीले म्यानमारको राजधानी नेपिडावसहित नौ राज्यमा विनाश गरेको जनाएको छ । म्यानमारले २०२१ देखि गृहयुद्धको पनि सामना गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।