खाेज्नुहाेस

आमा बन्दै अभिनेत्री नन्दिता

Image

काठमाडौँ- अभिनेत्री नन्दिता केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । उनले श्रीमान् र आमा–बुबासँगका दुई तस्बिर समेत शेयर गरेकी छन् ।

navjiwan hospital

उनले लगाएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ, श्रीमान् (अरविन्द्र कटवाल) ले उनको निधारमा चुम्बन गरेका छन् । प्रफुल्लित देखिएकी नन्दिताले प्रश्न वाचक चिह्न लेखिएको एउटा पेपर हातमा लिएकी छन् ।

attariya hospital

उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवान्को आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौँ ।’

नन्दिताले गएको वर्षको फागुन १९ गते अरविन्द्रसँग विवाह गरेकी थिइन् ।