मेरो माईक्रोफाईनान्स फर्साटिकरले दियो मृतक सदस्यका परिवारलाई मृत्युबिमा रकम

अत्तरिया – रुपन्देहीको फर्साटिकरमा रहेको मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यका परिवारलाई मृत्युविमा तथा किरियाखर्च वाफतको रकम हस्तान्तरण गरेको छ । बुधबार संस्थाले केन्द्र नं. ७ की सदस्य बोलिसरा थापाको निधन भएपश्चात उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

maya metro hospital

मृतक थापाको परिवारलाई मृत्युविमा तथा किरियाखर्च वाफतको रकम रु. ५ लाख ४० हजार रुपैया हस्तान्तरण गरिएको संस्थाका शाखा प्रबन्धक सुजन प्याकुरेलले जानकारी दिए । उनले उक्त रकम सियारी गाउँपालिका – ६ का वडाध्यक्ष शेर बहादुर गुरुङ, लघुवित्तको अनुगमन कार्यालय जितपुरका अनुगमन अधिकृत जयन्त भण्डारी लगायतको सहभागितामा हस्तान्तरण गरिएको बताए ।

उक्त रकम मृतक थापाका श्रीमान राज कुमार थापालाई हस्तान्तरण गरिएको उनले बताए । बिमा रकम हस्तान्तरण पश्चात संस्थाका जितपुर अनुगमन अधिकृत जयन्त भण्डारी तथा शाखा प्रबन्धक सुजन प्याकुरेल बिमा सम्बन्धी सम्पुर्ण जानकारी तथा बिमाको महत्वका बारेमा जानकारी दिएका थिए ।

attariya hospital

कार्यक्रममा वडाध्यक्ष गुरुङज्यूले संस्थाले गरेको सकारात्मक कार्यलाई उजागर गर्दै संस्था र सदस्य बिच दुईपक्षिय सकारात्मक सम्वन्ध हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा पनि यस्ता सकारात्मक कार्यको अपेक्षा रहेको समेत बताए । उनले सदस्यहरुलाई संस्थाबाट लिईने कर्जाको सही सदुपयोग गर्नुपर्ने कुरा पनि औल्याएका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.