कैलाली- विजय जोशीको शब्द रचना रहेको गीत ‘तिमीसँग छुट्नु परे’ सार्वजनिक भएको छ । यो गीत सोमबार साँझ देउराली क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक वसन्त साधकले स्वर दिएका छन् भने संगीत संयोजन पनि साधककै छ । गीतको छायांकन र सम्पादन जगत साउँदले गरेका छन् । गीत रेकर्डिङ कैलालीको अत्तरियामा रहेको साधना रेकर्डिङ स्टुडियोमा गरिएको थियो ।

















