खाेज्नुहाेस

सनातनी राजा चाहिएमा

Image

राज संस्था खोज्ने,

परिवर्तनकारी शक्तिलाई

attariya hospital

पनि चित बुझने

जन निर्वाचितहरुले

जे मन परी गर्दा पनि हुन्छ भन्ने

धर्मका आधारमा कानुन बनाउने

न शासन नै गर्ने

तिमिले नै परिभाषित गरेको

पूजा आराधना

वा उपासना विधि सँग

वास्ता न गरेर पनि हिड्ने

साँच्चिकै एकताको प्रतीक

 त्याग र बलिदानको प्रतिमूर्ति

 न लोभ न लालच नै छ कुनै ।

न जसको घर छ

न नाममा जमिन छ,

न उसको मधेसमा छ

 न उसको पहाड र हिमालमा छ

उसले कुनै उद्योग व्यवसाय नै

स्थापित गरेको छ

न कसैको देखेर डाह नै छ ।

साँच्चिकै त्यो

सनातनको प्रति मूर्ति छ ।

जसको कुनै छिना हतौडाले

खुट्टा मुनि च्यापी कुदेका

मन्दिरका काष्ट पाषाण धातुजन्यकला

कतिहरूले सजिएका छन्,

 न उसले कसैको चाकडीमा

स्तुति श्लोक कण्ठ गरेका छन् ।

न उसले कसैको छोरी

बहिनी किनेर,

देव चेली बनाएर

इच्छा भोग गर्छ ।

उसका देवता

न्यानो प्रकाश दिने सूर्य छ

रात रात भरी उज्यालो छर्ने,

जुन बने ताराहरू छन् ।

कल कल बग्ने छहराहरू छन्

जीवन दिने बोट बिरुवा र लहरा छन् ।

चिन्ता नगर तिमी त्यसलाई,

 कुनै नारायण हिटी चाहिँदैन,

उसले सिंह दरबार वा वसन्तपुरमा

र्याल काढेको छैन ।

एक मात्र नागार्जुन वन भए पुग्छ

कहिले काहि आफन्तको

स्वाभाविक मृत्यु भएमा

बास फेर्ने

चन्द्रा गिरी वा नगरकोटमा

चित्त बुझाउने छ ।

उसलाई कसैको टाउको काट्नु छैन

दुई चार रुख काट्दा पुग्छ,

 गुनाबादरको अकाल छैन ।

 तिम्रो रत्न जडित श्री पेच,

 उसलाई भारी हुन्छ

त्यो उसको लागि ढुङ्गा हुन्छ ।

सनातनी फेटा उसलाई ठिक्क छ

न उसलाई कुनै सुरक्षाको दस्ता चाहिन्छ

न बुलेट प्रुफ कार नै चाहेको हुन्छ

न कुनै चाकडी चाप्लुसी गर्ने

आसे पासे चाहिन्छ

न कुनै उसलाई दास दासी चाहिन्छ

 न कुनै उसलाई रैती बनाउने रहर छ ।

 उसलाई तिम्रा बन्दुक धारीका

जुत्ता चम्काई सैलुट चाहिँदैन,

फित्ता बाँध्ने अफिसर चाहिँदैन ।

कसैको हिंसा हत्या गरी,

राज्य सत्ता कब्जा गर्ने सेना चाहिँदैन ।

 गृह त्यागी राम जस्तो राजा बन्न

 उ सधैँ तत्पर छ,

 किन भने

जेठो भएर पनि

शाही भएर पनि

न उ कसैलाई ढोग्ने गर्छ

न कसैलाई ढोग भन्छ ।

कसैले उसलाई

वन रावत वा राउटे भने पनि

navjiwan hospital

 उ निसंकलक छ,

आफ्नै किसिमको सन्तुष्टि छ ।

 तिमीले खोजे झैँ, रोजे झैँ

 तिमीले परिभाषित गरे झैँ

राजा खोज्न देश दौडाहा गर्नु पर्दैन

हस्ताक्षरको अभियान छेड्नु पर्दैन

 साधु महन्तलाई कलकित पार्नु पर्दैन

चुल्ठे मुद्रेहरुको दस्ता चाहिँदैन

सुरा सुन्दरीहरूको जरुरत पर्दैन ।

 साम्यवादी, समाजवादी, राष्ट्रवादी,

दरबारवादी जसलाई पनि पच्च्य हुने,

 हिन्दु नै हो भनेर तिमीलाई पनि गर्व हुने

गृह त्याग गरी वनवासी भएकोमा

बुद्ध मार्गीलाई पनि सुहाउने

न जनै लाउँछ उसले

न टुपी नै राख्ने गर्छ

किन अमान्य हुन्छ

 इसाईहरूलाई

सहज स्वीकार गर्छ

मुस्लिमले पनि ।

 सधैँ नग्गा साधु महन्त भई रमाउने,

बाबाहरूलाई आफ्नै लाग्ने छ

 दलितहरूले पो किन विरोध गर्नु पर्‍यो र

 आफू जस्तै सर्वहारा श्रमजीवी

राष्ट्रध्यक्ष पाउँदा ।

राजी बोटे कुसुण्डालाई

झनै खुसी लाग्ने

आफ्नै  दाजु भाइलाई राजा पाउँदा

ओडारमा बस्ने चेपाङले  पनि सही थाप्ने छ ।

चार सहिद मात्र हैन,

हजारौँको बलिदानी पछि

राह समातेको मुल्कलाई,

फेरी रक्तको

आहालमा नवदल,

 कसैको लहडबाजीमा

राष्ट्र असफल नबनाऊ

सबैको अनुहार,

 देश वासिले देखि सकेका छन्

 नाडी छामी सकेका छन्,

पानीको गहिराई नापी सकेका छन् ।

 युद्ध नै लड्नु छ भने

इतिहास नै कोर्नु छ भने,

शत्रु धेरै छन् ।

 देखाऊ बहादुरी

नेपालीको रोग भोक शोक सँग,

अशिक्षा, अज्ञानता,

विभेद विकृति अमानविता सँग

 विसङ्गतिहरू सँग

कु धर्म र कु संस्कृति सँग

भ्रष्ट अनि भ्रष्टाचार सँग,

 राष्ट्रलाई नै कलकित पार्ने तत्त्वहरू सँग ।

युद्ध क्षेत्र बनाऊ,

बाँझा परेका भूखण्डहरूलाई

वृक्ष विहीन फुस्रा डाँडा काढाहरुलाई

स्वार्थ लिप्सामा डुबेका स्वार्थी सँग

ढिला सुस्ती लापरबाही सँग ।

बालुवा विछेका नदी बगरहरूलाई,

काली कर्णालीका विकट पहराहरूलाई

लक्ष्य बनाउनु छ

हिमालपारिको देशलाई,

महाअछुत महाविभेदको सिकार भएका

मरिक मुसहर मधेसका,

छाउपडी गोठहरूलाई ।

तामा खानी, फलाम खानी, कोइला खानी,

माटो मुनीका तेल अनि ग्यासका खानीहरूलाई

मेची महाकाली बिच बगेको

पानीलाई केन्द्र विन्दुमा राख ।

मेरो नेपालका युवा पाखुराहरूलाई,

 विज्ञानका ज्ञाताहरूलाई

अर्थ विद्, कला सस्कृतीका खानीहरूलाई

सहज फुल्न फक्रन देऊ

 न आत्तिय न मात्तिय

 सुकर्म र सुकृतीले इतिहास बन्छ

एक दिन तिम्रो बन्छ, मेरो बन्छ

 अनि हामी सबैको साझा इतिहास बन्छ

गौरव पूर्ण नेपाल बन्छ ।

–  पुरन सिंह दयाल
संविधान सभा सदस्य