कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-२ बस्ने २७ वर्षका जोशन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट ३७० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी पक्राउ गरेको बताएको छ ।

citizen security services

चौधरीले चलाएको से६प ७४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला पारी उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.