सन्दीप विरुद्ध सरकारी पक्ष सर्वोच्चमा जाने तयारी

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले (आइतबार रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ ।

Karma Consultancy
belauri nagarpalika

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै उक्त घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् ।

citizen security services

गौशाला–२६ ले अरुको दवाब र उक्साहटमा लागेर लामिछानेविरुद्ध जाहेरी दिएकोसमेत निवेदनपत्रमा खुलाएकी थिईन् ।

attariya hospital

लामिछानेविरुद्ध पुनरावेदन नजान भन्दै पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई समेत साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.