खाेज्नुहाेस

अत्तरियाबाट खस आन्दोलन सुरु गरिँदै

Image

कैलाली – कैलालीको अत्तरियाबाट खस आन्दोलन सुरु गर्ने तयारी गरिएको छ । यही भाद्र २० गते देखि खस मुक्ति मोर्चाले अत्तरियाबाट आन्दोलन गर्ने तयारी गरेको हो । सो दिन मोर्चाले अत्तरियामा घोषणा सभा गर्ने आन्दोलनको अगुवाइ गरिरहेका बझाङका निर्मल धामीले बताए ।

navjiwan hospital

उनले सो क्रममा जन प्रदर्शन सहित मोर्चाको घोषणा गरिने बताए । उनले खसलाई आर्य समुदायबाट अलग गरिनुपर्ने आफूहरूको माग रहेको बताए । १७ प्रतिशत खस समुदायको अलग्गै पहिचान रहेकाले आफूहरूको राज्य संयन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर छ ।

attariya hospital

उनले भने, ‘खस आर्य भन्दा अलग नै हो । अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामीले पाएका छैनौँ । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदायको राज्य संयन्त्रमा उपस्थिति नै छैन । त्यसैले यही कुरालाई स्थापित गर्न हामीले आन्दोलन गर्न परेको हो ।’ खस समुदायले मष्टो धर्म मान्दै आएको छ । धामी कै नेतृत्वमा मोर्चा को कार्यालय पनि अत्तरियामा राखिएको छ ।