
काठमाडौँ- ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन अल बुसैदी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी सोमबार नेपाल भ्रमणमा आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री अल बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोलीलगायत उच्च नेपाली प्रतिनिधिसँग भेटघाट गर्ने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । उनी भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।




















