गौरा अवधिमा मदिराको कारोबार र सेवन बन्द

बैतडी – गौरा अवधिमा बैतडीको पाटन नगरपालिका – ३ क्षेत्रमा मदिराको कारोबार र सेवन बन्द गरिएको छ । वडाले गौर अवधिभर वडाको क्षेत्रभित्र मदिरा किनबेच र सेवन गर्न रोक लगाएको हो ।

maya metro hospital

गौरा पर्वको अवसरमा वडाका विभिन्न स्थानमा लाग्ने मेलालाई मध्यनजर गरेर वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष करुणाकर भट्टले बताए ।

कसैले मदिरा सेवन गरेमा, किनबेच गरेमा र मदिरा सेवन गरी होहल्ला गरेमा कानुन बमोजीम कारवाही हुने उनले बताए । यस्तै वडा क्षेत्रभित्र जुवातास खेल्ने र खेलाउनेलाई समेत कारवाही हुने वडा कार्यालयले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.