अत्तरिया – कैलालीको धनगढीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – १ शिवनगरबाट लागूऔषध सहित धनगढी उपमहानगरपालिका – ७ का २१ वर्षीय राहुल चौधरी पक्राउ परेका हुन ।


उनले चलाएको से ५ प ६३०३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ८५ मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले सोही मोटरसाइकलमा पछाडी सवार २१ को मुकेश राना भने फरार रहेको जनाएको छ । उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
