खाेज्नुहाेस

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

Image

काठमाडौँ – प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।

navjiwan hospital

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) सभामा प्रस्ताव गरेका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए ।