खाेज्नुहाेस

मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि

Image

एजेन्सी- मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

navjiwan hospital

वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने यो पहिलो पटक हो ।

attariya hospital

नासाको अन्तरिक्षयान मार्स इनसाइट ल्याण्डरले सन् २०१८ देखि २०२२ सम्म मङ्गल ग्रहको भित्री भाग अध्ययन गरेर सङ्कलन गरेको तथ्याङ्क अनुसार त्यहाँँ पानीको भण्डार भएको पुष्टि भएको वैज्ञानिकले बताएका छन् । ल्याण्डरले सिस्मोमिटर प्रयोग गरेर अनुसन्धान गरेको थियो ।