खाेज्नुहाेस

बंगलादेशि हिन्दुहरुले मागे १० प्रतिशत आरक्षण

Image

एजेन्सी – बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दुहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्।

navjiwan hospital

उनीहरूले अल्पसङ्ख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको संसद्मा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन्।आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन्। यसका साथै भत्किएका मन्दिरहरू पुननिर्माण गर्न पनि माग गरिएको छ।

attariya hospital

आन्दोलनकारीले ‘आफू यही देशमा जन्मेको हौँ, यो हाम्रा पुर्खाहरूको भूमि हो। यो देश पनि उनीहरूको हो। यहाँ मारिए पनि उनले आफ्नो जन्मभूमि बङ्गलादेश छोड्ने छैनन्। बरु, आफ्नो अधिकारका लागि सडकमा उत्रिनेछन्।’