बंगलादेश क्रिकेट टोलीका पूर्व कप्तान तथा सांसद मुर्तजाको घरमा आगजनी

काठमाडौँ । बंगलादेश क्रिकेट टोलीका पूर्व कप्तान तथा सांसद मशरफे मुर्तजाको नराइलस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
बंगलादेशमा कथित “नरसंहार र विद्यार्थीहरूको सामूहिक गिरफ्तारी” मा मौनताको लागि सत्तारुढ अवामी लीग पार्टीका सांसद मोर्तजाप्रति प्रदर्शनकारीहरूले आफ्नो क्रोध व्यक्त गरे । उनको घर तोडफोड गरेको र आन्दोलनकारीहरूले आगो लगाएको देखिएको छ ।

maya metro hospital

सरकारी जागिरको कोटा योजनालाई लिएर विद्यार्थी आन्दोलनमा उत्रिएपछि बंगलादेशमा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी थिईन । त्यसपश्चात बंगलादेश राजनीतिक अनिश्चिततामा फसेको छ । यसैबीच, प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवासमा पनि तोडफोड र सम्पत्ति तोडफोड गरे ।

मोर्तजाले विभिन्न ढाँचामा ११७ खेलमा बंगलादेशको कप्तानी गरेका थिए, जुन उनको राष्ट्रका लागि सबैभन्दा उच्च हो । आफ्नो विस्तृत क्रिकेट करियरमा उनले ३९० अन्तर्राष्ट्रिय विकेट लिएका छन । उनले ३६ टेस्ट, २२० एकदिवसीय र ५४ टी–२० मा २,९५५ रन बनाएका छन । सेवानिवृत्ति पछि, उनि २०१८ मा राजनीतिमा प्रवेश गरेका हुन । हसिना नेतृत्वको अवामी लिगमा सामेल भए, र नराइल–२ निर्वाचन क्षेत्रबाट सांसदको रूपमा सिट जितेका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.