खाेज्नुहाेस

सौर्य विमान दुर्घटना : पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

Image

काठमाडौँ- सौर्य एअरलाइन्सको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट पाइलटलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

navjiwan hospital

प्रहरी प्रधान कार्यालयले पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत, प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई नगद पुरस्कारसहित सम्मान गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

attariya hospital

गत बुधबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँबाट पोखरा जान लागेको सौर्य एअरको विमान उड्नेबित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको ज्यान गएको थियो ।