धनगढी- धनगढीमा छाडा छाडिएको गाईसँग मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । मंगलबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डस्थित राजपुरमा सुदूरपश्चिम प्रदेश ०१०१० प ३१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गाई मरेको र तीन जना घाइते भएका प्रहरीले बताएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–२ मिलनचोकका २८ वर्षीय शन्नी नेपाली, मोटरसाइकलमा सवार ३० वर्षीय गोविन्द भण्डारी र धनगढी–६ की १८ वर्षीया स्वस्तिका चौधरी घाइते भएका छन् ।

शन्नी र गोविन्दलाई उपचारका लागि भारत लगिएको छ भने स्वस्तिकाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


















