भारतमा निपाह भाइरस : बालकको ज्यान गएपछि उच्च सर्तकता

एजेन्सी- भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ ‘हाई अलर्ट’ जारी गरेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको बीबीसीले जनाएको छ । अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ ।

citizen security services

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको छ ।

attariya hospital

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेराजस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.