
नयाँ दिल्ली – उत्तरखन्डमा अवस्थित केदारनाथ धाम जाने बाटोमा पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । आइतबार अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन ।
उक्त पहिरोमा परेर ५ जना घाइते भएका छन । घाइतेहरूलाई उपचारका लागि गौरीकुन्ड अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।



















