खाेज्नुहाेस

राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान

Image

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार ५ बजेसम्मका लागि सरकार गठनको आह्वान गरेका हुन्।

navjiwan hospital

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

attariya hospital

null