खाेज्नुहाेस

पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु

Image

कास्की– पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

navjiwan hospital

मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् । पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

पहिरोले पोखरा-३२ चैनपुर र मादी-११ तल्लो साप्लेमा पनि थप ३ जनाले ज्यान गुमाएका छन्। उता पोखरा-३२ को चैनपुर बाह्रबिसेमा पहिरोले एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा छिन् । आरती ओझाको एकतले घर पहिरोले पुरिएको हो । उक्त घटनामा २५ वर्षीय युवक बेपत्ता छन् ।