खाेज्नुहाेस

चितवनमा पहिरोले २ बस बगायो, ढुङ्गा लागेर चालकको मृत्यु

Image

चितवन – चितवनको भरतपुर महानगरपालिका –२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ । आज बिहान सडकमाथिबाट खसेको पहिरोले बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

navjiwan hospital

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

त्यसैगरी भरतपुर महानगरपालिका– २९ कै सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।