अत्तरिया – कैलाली क्षेत्र नं. ४ को मतगणना स्थगित भएको छ । प्रतिनिधि सभाको मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन ।

मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए । उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकेको बताए ।

उनले छलफल पश्चात पुनः मतगणना सुरु गरिने बताए ।