अत्तरिया – देशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
निरन्तरको वर्षाका कारण नदीहरुमा पानीको सतह बढीरहेको छ । जसले नदीका तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको पनि जोखिम बढेको छ ।

















