धनगढी – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का चयन भएका छन्।

शुक्रबार सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो। खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन्।

अधिवेशनबाट उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ। सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए। सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन ।

















