खाेज्नुहाेस

इजरायली राजदूत विपिन जोशीको घरमा, परिवारलाई ढुक्क हुन आग्रह

Image

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हनान गोडरको नेतृत्वमा एक टोली हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको परिवारलाई भेट्न कञ्चनपुर पुगेको छ।

navjiwan hospital

आइतबार राजदूत गोडर र उनकाे टोलीले कञ्चनपुर पगेर विपिनको परिवारसँग भेट गरेका थिए। भेटमा राजदूत गोडरले विपिनकाे खोजी जारी राखेको जानकारी दिए।

godawari nagarpalika dadhelo
attariya hospital

उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए। गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार गर्छौं। ’

विपिनको परिवारले राजदूत गोडरसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए। उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे।