काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट फेरि पार्किङमा फर्काइएको छ ।

एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाज धावनमार्गबाट फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षणका लागि जहाज फिर्ता बोलाइएको हो ।

















