नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहिया थप तीन दिन हिरासतमै रहने भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई आइतबारसम्म थुनामै राखेर अनुसन्धान कार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो । बुधबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा आज उपस्थित गराइएको थियो ।


मङ्गलबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए ।
















