काठमाडौँ- प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

दुई महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक हप्ताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले भनेको हो ।


उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ ।
















