एजेन्सी- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गरेका हुन् ।

बेलायतमा अब अर्को हप्ता संसद विघटन हुँदैछ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती सञ्चार माध्ययमले उल्लेख गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेर विश्वासको मत मागिरहेका बेला उनले चुनावको घोषणा गरेको बीबीसीले जनाएको छ ।

संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।


















