अत्तरिया- कैलाली र कञ्चनपुरबाट ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वन सम्बन्धी मुद्दामा १३ हजार ७२० रुपैयाँ जरिबाना ठहर भएका गौरीगंगा नगरपालिका-८ बस्ने २४ वर्षका सुरेन्द्र कठायत र जबरजस्ती करणी मुद्दामा २० दिन कैद सजाय १५ हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी उपमहानगरपालिका-१५ बस्ने २७ वर्षका सुशील राना रहेका छन् ।

प्रदेश प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद तथा जरिबाना ठहर भई फरार रहेका उनीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी जुवातास मुद्दामा २७५ रुपैयाँ जरिबाना ठहर भएका वेदकोट नगरपालिका-३ बस्ने ३० वर्षका मोहन खड्का र जुवातास मुद्दामै १७५ रुपैयाँ जरिबाना ठहर भएका सोही ठाउँका ४२ वर्षका तारादत्त जोशी रहेका छन् ।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।















