बाजुरा – नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली निर्वाचित भएका छन । यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी भरतबहादुर थापालाई १५ मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन ।

ओलीले २१८ मत पाउँदा प्रत्यासी थापाले २०३ मत पाए । उपाध्यक्षमा जनककुमार बोहरा निर्वाचित भए । उनले २७४ मत पाउँदा प्रत्यासी मेघराज शाहीले १२० मत प्राप्त गरे । यस्तै सचिवमा काशीबहादुर बि.क २४१ मत सहित विजयी हुँदा उनका प्रत्यासी जनक बिष्टले १७१ मत पाए ।

यस्तै उपसचिव (खुला) मा हरिबहादुर रोकाया र उपसचिव महिलामा राजकला सार्की विजयी भए । रोकायाले २७७ मत पाउँदा उनका प्रत्यासी मान बहादुर रोकायाले ११५ मत पाए भने उपसचिव महिलामा राजकला सार्कीले २७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १२६ मत प्राप्त गरिन ।
प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाका अनुसार निर्वाचनमा कुल ४३९ जना प्रतिनिधि थिए । जसमा ४२५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
















