खाेज्नुहाेस

एमाले बाजुराकाे अध्यक्षमा ओली विजयी

Image

बाजुरा – नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । पार्टीका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले समर्थन गरेका अध्यक्षका उम्मेदवार भरत थापालाई १५ मतले पराजित गर्दै ओली विजयी भएका छन् ।

navjiwan hospital

कुल ४२५ मत खसेकोमा ओली २१८ मतसहित विजयी हुँदा थापाले २०३ मत पाएका छन् ।

attariya hospital

पदाधिकारीमा पनि ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा जनकबहादुर बाेहरा, सचिवमा काशीबहादुर बिक, उपसचिवमा हरीबहादुर राेकाया र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।

१ जेठमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । नेताहरूबीच सहमतिकाे प्रयास असफल भएपछि पाँच दिनपछि निर्वाचन भएकाे थियाे ।