खाेज्नुहाेस

रास्वपाले सुदूरपश्चिममा छाउपडी विरुद्धको अभियान चलाउने

Image
navjiwan hospital

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ । शनिबार अछामको रामारोशन ताल क्षेत्रमा बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्दै छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रदेश सभापति प्रकाश विष्टले बैठकले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने लगायतका निर्णय गरिएको जानकारी दिए ।

attariya hospital