खाेज्नुहाेस

फेरी अनसनमा बसे गोविन्द केसी, गेटामा प्रतिष्ठान बनाउन माग

Image

डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा फेरी २२ औं अनशन सुरू गरेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपरान्हदेखि डा. केसी अनसनमा बसेका हुन् ।

डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग राखेका छन । उनले राखेका मागको तेस्रो बुदामा जनताको नाममा भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्ने उल्लेख छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गरियोस भन्ने माग पनि उठाएका छ ।

यस्तै उनले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा दिनुपर्ने, निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरिनुपर्ने उनले माग राखेका छन ।

उनले कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही पनि माग गरेका छन ।