काठमाडौँ- नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले १४७ जना प्राविधिक कर्मचारीका लागि आवेदन मागेको छ ।
प्राविधिकतर्फको हवाई, पदिक तथा बिल्लादारका पदहरुका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सेनाले सूचना निकालेको हो । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर, भेहिकल मेकानिक्स, ग्राउन्ड ह्यान्डलिङ लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।



दरखास्त १२ गतेसम्म दिन पाउने र त्यसपछिको एक हप्ता दोब्बर दस्तुर तिरेर आवेदन भर्न सकिने सूचनामा उल्लेख छ ।

















