खाेज्नुहाेस

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

Image

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।

navjiwan hospital

मन्त्रिपरिषद्को सिफारिशका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। राष्ट्रिय सुरक्षा परिषद्को सिफारिशका आधारमा वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।

godawari nagarpalika dadhelo
attariya hospital

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १‘क’मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।