खाेज्नुहाेस

कैलालीमा केबलकार निर्माण कार्य शुरु

Image

लम्की – कैलालीमा केबलकार निर्माणको काम सुरु गरिएको छ । कैलालीको चिसापानी देखि राजकाँडासम्म जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य शुरु भएको हो ।

navjiwan hospital

५ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको लम्बाइ तीन किलोमिटर एक सय मिटर हुने जनाइएको छ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । झण्डै १० मिनेटको यात्रा हुने केबलकारमा दैनिक छ हजार जना यात्रुलाई सेवा दिने लक्ष राखिएको छ ।

attariya hospital

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजना स्थलबाट शुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी,कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण हुने जनाइएको छ ।