धनगढी – कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो ।

असोज २० गतदेखि बेपत्ता जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् उनीहरू त्यहाँ पुगेका हुन् । प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए । हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए ।


त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ । उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भए पनि अहिले सम्म उनलाई रिहा गरेको छैन । माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र संसदीय दलका नेता मानबहादुर धामीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका हुन् ।
हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरिएको छ ।



















