बझाङ- बझाङ सदरमुकाम चैनपुर रिङरोडमा कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्रको ५ लाख रुपैयाँ अनुदानमा खप्तड कृषि औजार बिक्री भण्डार एण्ड मर्मत सेन्टर स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्र प्रमुख टेकबहादुर विष्टले जिल्लामा हाते ट्रयाक्टर लगायतका कृषि यन्त्र अनुदानमा वितरण हुँदै आएका भएपनि मर्मत गर्ने ठाउँ नहुँदा समस्या भएको कृषकहरुबाट गुनासो आउन थालेपछि मर्मत सेन्टर सञ्चालनमा ल्याइएको बताए ।

बित्थडचिर गाउँपालिका र बुङ्गल नगरपालिकामा पनि कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरिने ज्ञान केन्द्रले जनाएको छ । जिल्लाबाट तीन जनालार्ई यही चैत्र ६ गतेदेखि एक हप्ताका लागि यन्त्र मर्मत तालिम लिन कञ्चनपुरको महेन्द्रनगर पठाइने बताइएको छ ।
















