
बझाङ – बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन । जिल्लाको तलकोट गाउँपालिका – १ को सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना हुँदा चालक बैतडीको पुर्चौंडी नगरपालिका–४ का ३५ वर्षीय सागर बोहरा घाइते भएका हुन । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
शनिवार दिउँसो तलकोटबाट सदरमुकाम चैनपुर जानेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ ।

















