बझाङ- बझाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–१ खुलमहर बस्ने ५५ वर्षीय खड्के बोहरा पक्राउ परेका हुन् ।

बित्थडचिर–३ पस्याड भन्ने मेलामा गाइगोरु चराउन गएको मौका छोपी बोहराले किशारीलाई ललार्इ फकाई, धाकधम्किसहित जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जाहेरी दिएपछि बोहरालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनले फागुन ११ गते ती किशोरीमाथि जबरजस्ती करणी गरेको बताइएको छ ।

उनीमाथि आइतवार जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए ।
















